उत्पत्ति 28:22 - पवित्र बाइबल22 त्यो ठाउँ जहाँ मैले त्यो ढुङ्गा उभ्याएँ परमेश्वरको पवित्र स्थान हुनेछ अनि परमेश्वरले मलाई जे दिनुहुन्छ त्यसको एक दशांश म तपाईंलाई चढाउँनेछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 र मैले खामो बनाएको यो ढुङ्गाचाहिँ परमेश्वरको घर हुनेछ, र तपाईंले मलाई दिनुभए जति सबैको दशांश म तपाईंलाई अवश्य चढ़ाउनेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 मैले खडा गरेको यो ढुङ्गा परमेश्वरको घर हुनेछ र तपाईंले मलाई दिनुभएको प्रत्येक कुराका दश भागमा एक भाग म तपाईंलाई चढाउनेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 अनि मैले खाँबोझैँ ठड्याएको ढुङ्गाचाहिँ परमेश्वरको घर हुनेछ, र तपाईंले मलाई दिनुहुने सबै कुराको दशांश म तपाईंलाई दिनेछु।” Viz kapitola |