उत्पत्ति 27:46 - पवित्र बाइबल46 तब रिबेकाले इसहाकलाई भनिन्, “तिम्रो छोरो एसावले हित्ती आइमाईहरू विवाह गरेको छ। म यी आइमाईहरूसित विरक्त भइसकेकी छु, कारण यी आइमाईहरू हाम्रा समाजका होइनन्। यदि याकूबले पनि ती आइमाईहरूबाट नै कसैसित विवाह गरे, म पनि मरिहाल्नेछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण46 तब रिबेकाले इसहाकलाई भनिन्, “यहाँका हित्ती स्त्रीहरूले गर्दा मेरो जीवनै हैरान भइसक्यो। याकूबले यस देशका केटीहरूमध्ये यस्तै एउटी केटीलाई विवाह गर्यो भने म बाँचेर के फाइदा हुन्छ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल46 रिबेकाले इसहाकलाई भनिन्, “एसावका विदेशी स्वास्नीहरूदेखि मलाई दिक्क लागेको छ र म थाकिसकें। अब याकूबले पनि यहाँको हित्ती केटी विवाह गर्यो भने म मरे पनि हुन्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण46 तब रिबेकाले इसहाकलाई भनिन्, “म यी हित्ती स्त्रीहरूसित बस्दा-बस्दा वाक्क भइसकेकी छु। यदि याकोबले यस ठाउँका स्त्रीहरूबाट अर्थात् यस्ता हित्ती स्त्रीहरूबाट पत्नी ल्यायो भने म बाँचेर केही अर्थ हुँदैन।” Viz kapitola |