उत्पत्ति 27:37 - पवित्र बाइबल37 इसहाकले उत्तर दिए, “छैन, अब एकदमै ढिलो भयो। मैले याकूबलाई तँमाथि शासन गर्ने शाक्ति दिएँ। उसका सबै दाज्यू-भाइहरू उसको नोकर हुनेछन् पनि भनें। अनि मैले उसको निम्ति धेरै अन्न फलोस् अनि दाखरस होस् भनेर आशीर्वाद दिएँ। अब तेरो निम्ति मेरोमा केही छैन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण37 इसहाकले एसावलाई जवाफ दिए, “हेर्, मैले त्यसलाई तेरो मालिक तुल्याइसकें। र त्यसका सबै दाजुभाइहरूलाई मैले त्यसका दास तुल्याएँ। अन्न र दाखमद्यले मैले त्यसलाई तृप्त पारेको छु। अब तेरो निम्ति म के गर्न सक्छु र, छोरो?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल37 इसहाकले उत्तर दिए, “त्यसलाई अघि नै मैले तेरा मालिक बनाइसकें, त्यसका सारा कुटुम्बलाई त्यसका दास बनाइसकें। त्यसलाई अन्न र दाखमद्य दिइहालें। तँलाई दिने अब मसँग केही पनि छैन, छोरा!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण37 इसहाकले एसावलाई जवाफ दिए, “हेर् मेरो छोरा, मैले उसलाई तेरो मालिक बनाइसकेँ; अनि उसका सबै आफन्तहरूलाई उसका सेवक बनाइसकेको छु; अनि अन्न र दाखमद्यले उसलाई तृप्त पारिसकेको छु। यसकारण मेरो छोरा, म तेरा लागि के नै गर्न सक्छु र?” Viz kapitola |