उत्पत्ति 26:24 - पवित्र बाइबल24 त्यस रात परमप्रभुले इसहाकसित कुरा गर्नु भयो। परमप्रभुले भन्नुभयो, “म तेरो बाबु अब्राहामका परमेशवर हुँ। नडरा, म तँसित छु र म तलाईं आशीर्वाद दिनेछु। मेरो दास अब्राहामको कारणले म तेरो परिवारलाई विशाल बनाउनेछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 परमप्रभु त्यही रात तिनीकहाँ देखा पर्नुभयो, अनि उहाँले तिनलाई भन्नुभयो, “म तेरो पिता अब्राहामका परमेश्वर हुँ। नडरा, किनभने म तँसँग छु। म तँलाई आशिष् दिनेछु, र मेरो दास अब्राहामको खातिर म तेरा सन्तानको वृद्धि गराउनेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 त्यस रात परमप्रभु उनीकहाँ देखा पर्नुभयो र भन्नुभयो, “म तेरो बुबा अब्राहामको परमेश्वर हुँ। नडरा, म तँसँग छु। मेरो दास अब्राहामसित मैले गरेका प्रतिज्ञाअनुसार म तँलाई आशिष् दिनेछु र धेरै सन्तानहरू दिनेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 त्यस रात याहवेह तिनीकहाँ देखा परेर भन्नुभयो, “म तेरा पिता अब्राहामको परमेश्वर हुँ। नडरा, किनकि म तँसित छु; म तँलाई आशिष् दिनेछु र मेरा सेवक अब्राहामको खातिर म तेरो सन्तानको संख्या बढाउनेछु।” Viz kapitola |