उत्पत्ति 26:22 - पवित्र बाइबल22 इसहाक त्यहाँबाट गए अनि फेरि अर्को कूवा खनाए। तर त्यहाँ कूवाको विषयमा कोही पनि झगडा़ गर्न आएनन्। यसर्थ इसहाकले त्यस कूवाको नाउँ रहोबोत राखे। इसहाकले भने, “अहिले परमप्रभुले हाम्रो निम्ति स्थान पाउनु भएछ। हामी अघि बढनेछौं अनि सफल हुनेछौं।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 तिनी त्यहाँबाट अन्यत्र गए, र तिनले अर्को इनार खने। त्यसमा चाहिँ कसैले झगड़ा गरेन। यसकारण तिनले त्यसको नाउँ यसो भनेर रहोबोत (खुला ठाउँहरू) राखे, “अब त परमप्रभुले हामीलाई बस्ने ठाउँ दिनुभएको छ, र हामी यस ठाउँमा फल्दो-फुल्दो हुनेछौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 उनी त्यहाँबाट सरेर गए र अर्को एउटा इनार खने। त्यसबारे भने झगडा भएन र उनले त्यसको नाम ‘रहोबोत’ (खुला) राखे। उनले भने, “अब परमप्रभुले हामीलाई यस ठाउँमा बस्न छुट दिनुभएको छ र यहाँ हाम्रो फलिफाप हुनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 तिनी त्यहाँबाट अझ अगि बढे, र अर्को इनार खने; अनि कसैले पनि त्यसका निम्ति झगडा गरेन। तिनले त्यसको नाम यसो भनेर रहोबोत राखे, “अब याहवेहले हामीलाई ठाउँ दिनुभएको छ र हामी यस देशमा उन्नति गर्नेछौँ।” Viz kapitola |