Online Bible

- Reklamy -




उत्पत्ति 24:7 - पवित्र बाइबल

7 परमप्रभु, स्वर्गका परमेश्वरले मलाई मेरो जन्म थलोबाट यस भूमिमा ल्याउनुभयो। त्यो देश मेरो पिता अनि उनको परिवारको निम्ति थियो। तर परमप्रभुले म र मेरो परिवारलाई यो नयाँ भूमि दिने प्रतिज्ञा गर्नु भयो। परमप्रभु आफैंले तिमीलाई लिएर जानका लागि एकजना स्वर्गदूत पठाउन् ताकि मेरो छोरोले बेहुली रोज्न सक्छ अनि यहाँ ल्याउँछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 मलाई मेरा पिताको घर र मेरो जन्‍मभूमिबाट यहाँ ल्‍याउनुहुने स्‍वर्ग र पृथ्‍वीका परमप्रभु परमेश्‍वरले शपथ खाई मसँग यसो भनेर प्रतिज्ञा गर्नुभएको छ, ‘म तेरै सन्‍तानलाई यो देश दिनेछु।’ उहाँले नै आफ्‍ना दूत तेरो अगिअगि पठाउनुहुनेछ, र तैंले मेरो छोराको लागि त्‍यहाँबाट एउटी पत्‍नी ल्‍याउन सक।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 परमप्रभु स्‍वर्गका परमेश्‍वरले मलाई मेरा बुबाका घर र कुटुम्‍बको देशदेखि ल्याउनुभयो। यो देश मेरो सन्‍तानलाई दिन्‍छु भनी उहाँले मसित गम्‍भीर प्रतिज्ञा गर्नुभएको छ। उहाँले आफ्‍ना दूतलाई तेरो अघि-अघि पठाउनुहुनेछ र त्‍यहाँ तैँले मेरो छोरोको लागि एउटी पत्‍नी भेट्टाउनेछस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 मलाई मेरा पिताको घरानाबाट र मेरो जन्मस्थलबाट बाहिर निकालेर ल्याउनुहुने, र मसित बोलेर ‘तेरो सन्तानलाई म यो देश दिनेछु’ भन्दै मसँग शपथमा प्रतिज्ञा गर्नुहुने स्वर्गका परमेश्‍वर, याहवेहले नै तेरो अगि-अगि दूत पठाउनुहुनेछ; अनि तैँले मेरो छोराका निम्ति त्यहीँबाट एउटी पत्नी ल्याउनेछस्।

Viz kapitola kopírovat




उत्पत्ति 24:7

Následuj nás:

Reklamy


Reklamy