उत्पत्ति 24:40 - पवित्र बाइबल40 तर मेरा मालिकले मलाई भन्नुभयो, ‘म परमप्रभुको सेवा गर्छु, अनि परमप्रभुले आफ्नो स्वर्गदूत तँसित पठाउनु हुन्छ अनि तँलाईं सहायता गर्नु हुन्छ। मेरो मानिसहरूबीच नै तैंले मेरो छोरोको निम्ति एउटी दुलही पाउनेछस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण40 तिनले मलाई भने, ‘जुन परमप्रभुको सामुन्ने म हिँड्डुल गर्छु, उहाँले नै आफ्ना दूत तँसित पठाउनुहुनेछ, र तेरो कार्य सफल हुनेछ, र तैंले मेरो कुटुम्ब र मेरा पिताको घरबाट मेरो छोराको लागि एउटी पत्नी ल्याउनेछस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल40 उनले जवाफ दिए, ‘परमप्रभु, जसका आज्ञा मैले सधैँ मानेको छु, उहाँले आफ्ना दूत तँसँग पठाउनुहुनेछ र तँलाई सफल गराउनुहुन्छ। मेरा बुबाका आफ्नै सन्तान, मेरा कुटुम्बका घरदेखि तैँले मेरो छोराको निम्ति बुहारी ल्याउनेछस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण40 “तिनले जवाफ दिए, ‘म जुन याहवेहको सामु विश्वासयोग्य भएर हिँड्छु, उहाँले नै आफ्ना दूतलाई तँसित पठाउनुहुनेछ र तेरो यात्रा सफल तुल्याउनुहुनेछ; अनि तैँले मेरा आफ्नै वंश र मेरा पिताको घरानाबाट मेरा छोराका निम्ति एउटी पत्नी ल्याउनेछस्। Viz kapitola |