उत्पत्ति 24:14 - पवित्र बाइबल14 म विशेष एउटा चिन्हको निम्ति हेरिरहनेछु जसद्वारा म जान्न सकूँ कुन चाँहि केटी इसहाकको निम्ति असल हुन सक्छे। यो एउटा विशेष चिन्ह होः म कन्यालाई भन्नेछु ‘दया गरी पानीको गाग्री तल राख म पानी पिउन सकूँ।’ जब त्यस कन्याले भन्छिन्, ‘लौ पानी खाऊ, म तपाईंको ऊँटलाई पनि पानी दिन्छु,’ तब मलाई यो पक्का हुन्छ त्यो कन्या इसहाकको निम्ति योग्य छे। यदि यस्तो भयो तपाईंले प्रमाणित गराई दिनु हुन्छ त्यो कन्या इसहाकको निम्ति योग्य हुन्छे अनि म पनि यो सम्झनेछु तपाईंले मेरा मालिक अब्राहामको निम्ति दया गर्नु भयो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 यसैले यसो होस्: जुन कन्यालाई म ‘तिम्रो गाग्रो मतिर पानी पिउनलाई ढल्काइदेऊ’ भनुँला, र जसले मलाई ‘खानुहोस्, म तपाईंका ऊँटहरूलाई पनि खुवाइदिन्छु’ भन्छिन्, तिनलाई नै तपाईंले आफ्ना दास इसहाकको निम्ति रोज्नुभएको होस्। तपाईंले मेरा मालिकलाई दया देखाउनुभएको रहेछ भन्ने म त्यसैबाट थाहा पाउनेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 म एउटीलाई भन्नेछु, ‘तिम्रो गाग्री भरेर मलाई पानी पिउन देऊ।’ त्यसले ‘तपाईं पिउनुहोस्, तपाईंका ऊँटहरूलाई पनि म पानी दिनेछु’ भनी भनिछ भने त्यही केटी तपाईंका दास इसहाकका निम्ति तपाईंले चुनिदिनुभएको केटी हो भनी म सम्झन्छु। त्यसो भयो भने तपाईंले मेरा मालिकसित आफ्नो प्रतिज्ञा पूरा गर्न सक्नुहुन्छ भनी म बुझ्छु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 यसकारण यस्तो होस्: जुन केटीलाई ‘तिम्रो गाग्रो मतिर ढल्काइदेऊ, र म पानी पिउन पाऊँ,’ भनेर भनुँला र जसले ‘पिउनुहोस्, र म तपाईंका ऊँटहरूलाई पनि पिउन दिनेछु’ भनी भन्ली, त्यहीचाहिँ तपाईंले आफ्ना सेवक इसहाकका निम्ति चुन्नुभएको होस्। यसैबाट तपाईंले मेरा मालिकप्रति दया देखाउनुभएको छ भनी म जान्नेछु।” Viz kapitola |