उत्पत्ति 21:23 - पवित्र बाइबल23 यसर्थ परमेश्वरको नाउँमा मलाई वचन देऊ तिमी म र मेरा नानीहरूसित राम्रो व्यवहार गर्नेछौ। वचन देऊ तिमी, म अनि धर्ती प्रति जहाँ तिमी बाहिरको मानिस जस्तो भएर बसेका छौ दयालु हुने छौ। कसम् पनि खाऊ तिमी म प्रति दयालु हुने छौ जस्तो म तिमीप्रति छु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 यसकारण यहाँ मसित परमेश्वरको सामु शपथ खानुहोस्, कि तपाईं मसँग वा मेरा छोराछोरीसँग अथवा मेरा नाति-पनातिसँग छलकपटको व्यवहार गर्नुहुनेछैन। तर मैले तपाईंसँग गरेको कृपाअनुसार नै मसँग र तपाईं परदेशी भएर बस्नुभएको देशसँग व्यवहार गर्नुहोला।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 यसकारण परमेश्वरको सामु यहाँ तपाईंले मलाई मेरा छोरा-छोरीहरूलाई र तिनका सन्तानहरूलाई समेत छल्ने काम गर्नेछैनौ भनी शपथ खानुहोस्। म तपाईंसित विश्वासयोग्य रहेको छु। यसकारण तपाईं पनि म र यो तपाईंले बास गरेको देशसित विश्वासयोग्य रहनुहुनेछ भनी प्रतिज्ञा गर्नुहोस्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 अब परमेश्वरको सामु मसित शपथ खानुहोस्; तपाईंले मसित र मेरा छोराछोरीहरू अथवा मेरा सन्तानहरूसित झूटो व्यवहार गर्नुहुनेछैन। तर जसरी मैले तपाईंलाई दया देखाएँ, त्यसरी नै तपाईंले पनि मसँग र अहिले तपाईं विदेशी भएर बस्नुभएको देशलाई दया देखाउनुहोस्।” Viz kapitola |