उत्पत्ति 21:14 - पवित्र बाइबल14 अर्को दिन बिहानै अब्राहामले केही खाने कुरा र पानी ल्याए र हागारलाई दिए। हागारले ती कुराहरू लिई अनि आफ्नो छोरा लिएर हिंडी। हागारले त्यो ठाउँ छोडी अनि बेर्शेबाको मरुभूमिमा यता उता घुमी हिंड्न थालिन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 अब्राहामले बिहानै उठेर रोटी र पानीको एउटा मशक हागारको काँधमा राखिदिए, र बालकलाई पनि त्यसकै साथ लगाएर बिदा गरिदिए। अनि हागार बेर्शेबाको उजाड़-स्थान हुँदो डुल्न लागी। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 भोलिपल्ट बिहानै अब्राहामले हागारलाई केही खाना र एउटा छालाको मशकभरि पानी काँधमा राखिदिए र बालकसाथ त्यसलाई बिदा गरिदिए र घरबाट निकालिदिए। त्यो हिँडी र बेर्शेबाको जङ्गलमा यताउता डुल्न लागी। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तब अब्राहाम बिहानै उठे, र हागारलाई केही भोजन र एक मशक पानी दिए। ती सामानहरू हागारका काँधमा राखिदिएर अब्राहामले त्यो र त्यसको बालकलाई पठाइदिए। अनि त्यो त्यहाँबाट निस्केर गई, र बेर्शेबाका मरुभूमिहुँदो भौँतारिन थाली। Viz kapitola |