उत्पत्ति 2:23 - पवित्र बाइबल23 तब त्यस मानिसले भने, “आखिरमा म जस्तै अर्को एउटा व्यक्ति उसको हड्डी मेरो हड्डी बाट आयो, अनि उसको शरीर मेरो शरीरबाट आयो। किनभने तिनी एउटा मानिसबाट निकालिएकी हुनाले म तिनलाई ‘स्त्री मानिस’ भन्नेछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 मानिसले भने, “यो त मेरै हाड़को हाड़ र मासुको मासु हो। तिनलाई स्त्री भनिनेछ। किनभने तिनी पुरुषबाट निकालिएकी थिइन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 तब मानिसले भन्यो: “अन्तमा, यो त मजस्तै रहेछ। मेरो हाडबाट लिएको हाड र मेरो मासुबाट लिएको मासु, यिनलाई ‘स्त्री’ भनिनेछ किनभने यिनी पुरुषबाट निकालिएकी थिइन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 अनि मानिसले भने, “अब यो त मेरै हाडहरूका हाड र मासुको मासु हो; तिनलाई ‘स्त्री’ भनिनेछ, किनकि तिनी मानिसबाट निकालिएकी हो।” Viz kapitola |