उत्पत्ति 19:29 - पवित्र बाइबल29 त्यस बेंसीको शहरहरूलाई परमेश्वरले नाश पार्नु भयो। तर परमेश्वरले जब यस्तो गर्नु भयो उहाँले अब्राहामलाई सम्झनु भयो र तिनको भतिजोलाई बचाउँनु भयो। लूत बेंसीको शहरहरूमा बसो-बास गर्दथिए तर शहरहरू नष्ट पार्नुअघि परमेश्वरले त्यहाँबाट बाहिर भगाउनु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 यसरी बेँसीका सहरहरू सर्वनाश गर्नुहुँदा परमेश्वरले अब्राहामलाई सम्झनुभयो। लोत बसेको सहरलाई उहाँले नष्ट पार्नुहुँदा त्यस सर्वनाशको बीचबाट लोतलाई निकाल्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 तर परमेश्वरले लोतले बास गरेका बेसीमा ती सहरहरू नाश पार्नुहुँदा उहाँले अब्राहामलाई सम्झनुभयो र लोतलाई कुशल ठाउँमा जान दिनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 यसरी परमेश्वरले समथल भूमिका सहरहरू नाश गर्नुभएपछि, उहाँले अब्राहामलाई सम्झनुभयो, तब उहाँले लोत बसिरहेका ती सहरहरूलाई नाश गर्नुभन्दा अगि लोतलाई त्यस ठाउँबाट सकुशल बाहिर निकाल्नुभयो। Viz kapitola |