उत्पत्ति 19:14 - पवित्र बाइबल14 तब लूत बाहिर गए अनि आफ्नो ज्वाँईहरूलाई भने, “उठ अनि यो शहर छोडिदेऊ किनभने परमप्रभुले यस शहरलाई नष्ट पार्नु हुँदैछ।” तर उसका ज्वाँईहरूले सोचे उनी ठट्टा गरिरहेका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 यसैकारण आफ्ना छोरीहरूलाई विवाह गर्न माग्ने जुवाइँहरूकहाँ गएर लोतले भने, “उठ, यस ठाउँबाट गइहालौं, किनभने परमप्रभुले यो सहर नष्ट पार्नुहुनेछ।” तर जुवाइँहरूलाई त तिनले ठट्टा गरेजस्तो लाग्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 तब लोत आफ्ना छोरीहरूलाई विवाह गर्न माग्ने पुरुषहरूकहाँ गए र भने, “चाँडो गर र यहाँबाट निस्किहाल। परमप्रभुले यस ठाउँलाई नाश पार्नुहुनेछ।” तर लोतले ठट्टा गरेका होलान् भनी तिनीहरूले सोचे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 यसकारण लोत बाहिर गए, र आफ्ना छोरीहरूसित मगनी भएका जुवाइँहरूलाई यो कुरा बताए। तिनले भने, “चाँडो गरी यस ठाउँबाट निस्केर जाओ; किनकि याहवेहले यस सहरलाई नाश गर्न लाग्नुभएको छ।” तर तिनका जुवाइँहरूलाई तिनले ठट्टा गरेजस्तो लाग्यो। Viz kapitola |