उत्पत्ति 17:20 - पवित्र बाइबल20 “तैंले इश्माएलको कुरा गरिस अनि मैले त्यो सुनें। म उसलाई आशीर्वाद दिन्छु। उसको धेरै सन्तानहरू हुनछन् अनि तिनी बाह्रजना महान राजकुमारहरूको पिता हुनेछन् र तिनको परिवारहरूबाट एउटा महान् राष्ट्र बनिनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 अनि इश्माएलको विषयमा चाहिँ मैले तेरो बिन्ती सुनें। हेर्, म त्यसलाई आशिष् दिनेछु, र म त्यसलाई फल्दो-फुल्दो तुल्याएर प्रशस्त गरी त्यसको वृद्धि गर्नेछु। बाह्र शासकको त्यो पिता हुनेछ, र म त्यसबाट एउटा ठूलो जाति उत्पन्न गराउनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 तैँले इश्माएलको निम्ति गरेको बिन्ती मैले सुनें र म त्यसलाई आशिष् दिनेछु र धेरै छोरा-नातिहरू दिनेछु। त्यसका वंशमा बाह्र जना राजकुमारहरू जन्मनेछन् र त्यसका सन्तानलाई पनि म एउटा महान् जाति बनाउनेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 अनि इश्माएलको विषयमा चाहिँ मैले तेरो कुरा सुनेको छु; हेर्, म निश्चय नै त्यसलाई आशिष् दिनेछु; म त्यसलाई फलवन्त बनाउनेछु; अनि त्यसलाई संख्यामा असाध्यै बढाउनेछु। त्यो बाह्र शासकहरूका पिता हुनेछ, र म त्यसलाई एउटा महान् जाति बनाउनेछु। Viz kapitola |