उत्पत्ति 15:13 - पवित्र बाइबल13 तब परमप्रभुले अब्रामलाई भन्नुभयो, “तैंले यो निश्चय जान्नु पर्छ, तिम्रा सन्तानहरू विदेशी हुनेछन्, तिनीहरू त्यस धर्तीमा जानेछन् जो तिनीहरूको होइन, तिनीहरू त्यहाँ कमारा-कमारीको रूपमा चार सय बर्षसम्म सेवा गर्नेछन् अनि तिनीहरूसित धेरै खराब व्यवहार गरिनेछ। चार सय बर्षसम्म तिनीहरूले धेरै दुर्व्यवहार र अन्याय सहनु पर्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तब परमप्रभुले अब्रामलाई भन्नुभयो, “यो निश्चय जानिराख्, कि तेरा सन्तानहरू कुनै एउटा देशमा प्रवासी भएर बस्नेछन्, जुन देश तिनीहरूको होइन, र त्यस देशका मानिसहरूका कमारा-कमारी हुनेछन्, र चार सय वर्षसम्म तिनीहरू थिचोमिचोमा पर्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 परमप्रभुले उनलाई भन्नुभयो, “तेरा सन्तानहरू अर्काको देशमा परदेशी हुनेछन्, त्यहाँ तिनीहरू कमारा बनाइनेछन् र चार सय वर्षसम्म तिनीहरूमाथि अत्याचार गरिनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तब याहवेहले अब्रामलाई भन्नुभयो, “तैँले यो निश्चय जानिराख् कि तेरा सन्तानहरू चार सय वर्षसम्म अर्काको देशमा प्रवासी हुनेछन् र त्यहाँ तिनीहरूले दास भएर दुर्व्यवहार खप्नुपर्नेछ। Viz kapitola |