उत्पत्ति 14:13 - पवित्र बाइबल13 लूतका मानिसहरूमा एकजना जो कैद भएको थिएन र हिब्रु अब्राम भएको ठाउँमा गएर के भएको थियो वृतान्त दियो। त्यस समय अब्राम एश्कोल र अनेर एमोरीको मम्रेको फलाँटको रूखहरू नजिकै बसेका थिए। तिनीहरूले एक-अर्कामा सहायता गर्नु भनी एउटा सम्झौतामा सही गरेका थिए। अनि तिनीले अब्रामलाई पनि सहायता गर्ने सम्झौता सही गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 उम्केर भागेको एक जनाले आएर हिब्रू अब्रामलाई यो कुरा बताइदियो। तिनी एश्कोल र आनेरको भाइ एमोरीको मम्रेका फलाँटका रूखहरूनेर बसेका थिए। तिनीहरू अब्रामसित मित्रभावमा थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 तर एउटा मानिस उम्की भाग्यो र हिब्रू अब्रामकहाँ गई यो सबै कुरा सुनाइदियो। एमोरीको मम्रेका पवित्र रूखहरूछेउ अब्राम बास गरेका थिए। मम्रे र उनका भाइहरू एश्कोल र आनेर अब्रामका मित्र थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 त्यहाँबाट उम्केको एउटा व्यक्तिले आएर यो कुरा हिब्रू अब्रामलाई बताइदियो। अब्रामचाहिँ आफूसित वाचामा रहेका एश्कोल र आनेरका भाइ एमोरीका मम्रेका ठूला रूखहरूको छेउमा बसोबास गर्दैथिए। Viz kapitola |