उत्पत्ति 13:10 - पवित्र बाइबल10 लूतले भूमि खोजे अनि यर्दन नदीको बेंसीमा चाँहि पानी प्रशस्त भएको पाए। (यो परमप्रभुले सदोम र गमोरा ध्वंश पार्नु भन्दा अघिको कुरो हो। त्यस समयमा सोअरपट्टी यर्दनको बेंसी परमप्रभुको बगैंचा जस्तै थियो। यो भूमि मिश्रदेशको झैं राम्रो थियो।) Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 लोतले आफ्ना आँखा उठाएर हेरे, र यर्दनको बेँसीचाहिँ परमप्रभुको बगैँचाजस्तै, अथवा सोअरतिरको मिश्रदेशजस्तै चारैतिर प्रशस्त पानीले भिजेको थियो। (परमप्रभुले सदोम र गमोरा सर्वनाश गर्न अघिको कुरो यो हो।) Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 लोतले चारैपट्टि हेरे र प्रशस्त पानी भएको यर्दनको बेसी सोअरसम्म फैलिएको देखे। त्यहाँ परमप्रभुको बगैँचा वा मिश्रदेशमा झैँ प्रशस्त पानी थियो। (यो परमप्रभुले सदोम र गमोरा नाश पार्नुभन्दा अघिको कुरो हो।) Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 त्यसपछि लोतले चारैतिर हेरे; सोअरतिरको यर्दनको सबै समथल भूमिलाई याहवेहको बगैँचाझैँ प्रशस्त पानी भएको इजिप्ट देशजस्तै देखे। (योचाहिँ याहवेहले सदोम र गमोरालाई नष्ट गर्नु अगिको कुरा थियो।) Viz kapitola |