गलाती 6:1 - पवित्र बाइबल1 दाज्यू-भाइ र दिदी-बहिनीहरू हो! तिमीहरू मध्ये कसैले भूल गर्न सक्छौ। तिमीहरूमा जो आत्मिक छौ भूल गर्ने मानिसकहाँ जाऊ र उसलाई नम्रतापूर्वक ल्याऊ। यो काम नम्र बनेर गर्नु पर्छ। तर होश गर! नत्र तिमी पनि पापतिर तानिन सक्छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 भाइ हो, यदि कुनै मानिस अपराधमा पक्राउ पर्यो भने तिमीहरू जो आत्मिक छौ, तिमीहरूले नै नम्रतापूर्वक तिनको सुधार गर। आफ्नै पनि विचार राख, नत्रता तिमीहरू पनि परीक्षामा पर्नेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 दाजुभाइहरू, कसैले नराम्रो काम गरेको भेटियो भने आत्मामा जिउने तिमीहरूले नम्र भएर उसलाई सुधार्नुपर्छ। यसमा आफैं पनि नराम्रो काममा नफसिओस् भनेर होशियार हुनुपर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 दाजुभाइ-दिदीबहिनीहरू हो, यदि कुनै मानिस पापमा पक्राउ पर्यो भने तिमीहरू जो आत्मिक छौ, तिमीहरूले नै उसलाई नम्रतासाथ सुधार गर, तर तिमी आफैँ पनि होसियारी बस; नत्रता तिमी पनि परीक्षामा परौला। Viz kapitola |