गलाती 4:12 - पवित्र बाइबल12 दाज्यू-भाइ दिदी-बहिनीहरू, म पनि तिमीहरू जस्तै थिएँ, यसकारण दया गरी अब म जस्तै भइदेऊ। अघि तिमीहरू मेरो लागि खुबै राम्रा थियौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 भाइ हो, तिमीहरू मजस्तै होओ भन्ने म बिन्ती गर्दछु, किनकि म पनि तिमीहरूजस्तै भएको छु। तिमीहरूले मेरो केही खराबी गरेका छैनौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 दाजुभाइहरू, म बिन्ती गर्दछु, तिमीहरू पनि मजस्तै होइदेओ किनभने म पनि त तिमीहरूजस्तै भइदिएको छु। तिमीहरूले मलाई केही नराम्रो गरेका छैनौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 दाजुभाइ-दिदीबहिनीहरू हो, म तिमीहरूसँग बिन्ती गर्दछु, तिमीहरू मजस्तै होओ, जसरी म तिमीहरूजस्तै भएको छु। तिमीहरूले मलाई केही हानि गरेका छैनौ। Viz kapitola |