गलाती 3:19 - पवित्र बाइबल19 त्यसो हो भने व्यवस्था किन आवश्यक पर्यौ? मानिसहरूले भूल गर्छन् भन्ने देखाउनलाई व्यवस्था दिइएको थियो। अब्राहामको खास सन्तान नआउन्जेल सम्म त्यो व्यवस्था चलिरह्यो। परमेश्वरको प्रतिज्ञा यिनै सन्तानको विषयमा थियो। व्यवस्था स्वर्गदूतद्वारा दिएको थियो। स्वर्गदूतहरूले मानिसहरूलाई व्यवस्था दिंदा मोशालाई मध्यस्थ राखे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 तब व्यवस्थाको आवश्यकता किन पर्यो त? जुन सन्तानलाई प्रतिज्ञा भएको थियो, ऊ नआउञ्जेल अपराधको कारणले व्यवस्था थपियो। अनि एक जना मध्यस्थले स्वर्गदूतहरूद्वारा व्यवस्थाको स्थापना गर्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 त्यसो भए व्यवस्था किन दिइयो त? पाप चिनाउन दिइयो अनि प्रतिज्ञा गरेको अब्राहामका सन्तान नआउञ्जेल यसको काम पर्यो। व्यवस्था स्वर्गदूतहरूले मध्यस्थद्वारा दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 त्यसो हो भने व्यवस्था दिइनुको उद्देश्य के थियो त? यो व्यवस्था अपराधको कारण दिइएको हो, त्यो प्रतिज्ञा जसलाई गरिएको थियो, त्यो सन्तान नआउन्जेल यो व्यवस्था स्वर्गदूतहरूद्वारा एक जना मध्यस्थकर्तालाई सुम्पिइएको थियो। Viz kapitola |