Online Bible

- Reklamy -




गलाती 2:16 - पवित्र बाइबल

16 हामी जान्दछौं, व्यवस्था मान्दैमा कोही पनि परमेश्वरको अघि धर्मी बन्दैनौं। येशू ख्रीष्टमा विश्वास गरे मात्र मानिस परमेश्वरमा धर्मी बन्न सक्छ। यसकारण हामी पनि येशू ख्रीष्टमा विश्वास गर्छौं। अनि परमेश्वरको माध्यममा ख्रीष्टमा विश्वास राखेर नै हामी परमेश्वरको सेवक बनेकाछौं, व्यवस्था मानेर होइन्। किन कि व्यवस्था मानेर मात्र कोही पनि धर्मी बन्न सक्दैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 र पनि हामी जान्‍दछौं, व्‍यवस्‍थाका कामद्वारा मानिस धर्मी ठहरिँदैन, तर येशू ख्रीष्‍टमाथिको विश्‍वासद्वारा धर्मी ठहरिन्‍छ। यसकारण हामीले पनि हाम्रो विश्‍वास ख्रीष्‍ट येशूमा राख्‍यौं, ताकि हामी व्‍यवस्‍थाका कामद्वारा होइन तर ख्रीष्‍टमा राखिएको विश्‍वासद्वारा धर्मी ठहरिन सकौं, किनकि व्‍यवस्‍थाका कामद्वारा कोही पनि धर्मी ठहरिँदैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 तर कुनै पनि मानिस व्यवस्था मानेर होइन तर येशू ख्रीष्‍टमा विश्‍वास गरेर परमेश्‍वरको सामु ठीक ठहरिन्‍छ। यो कुरा जानेर हामीले पनि परमेश्‍वरका सामु ठीक ठहरिन ख्रीष्‍ट येशूमा विश्‍वास गरेका छौं तर व्यवस्था मानेर त होइन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 हामी यो जान्दछौँ, कि मानिस व्यवस्थाको कामलाई पालन गरेर धर्मी ठहरिँदैन; तर येशू ख्रीष्‍टमा विश्‍वास गरेर मात्र धर्मी ठहरिन्छ। यसकारण हामीले पनि ख्रीष्‍ट येशूमा विश्‍वास राखेका छौँ। हामी व्यवस्थाको पालन गरेर होइन, तर येशू ख्रीष्‍टमा विश्‍वास गरेर धर्मी ठहरिएकाछौँ; किनकि व्यवस्थाका कामहरू पालन गरेर कोही पनि धर्मी ठहरिन सक्दैन।

Viz kapitola kopírovat




गलाती 2:16

Následuj nás:

Reklamy


Reklamy