Online Bible

- Reklamy -




गलाती 2:14 - पवित्र बाइबल

14 मैले यी यहूदीहरूको मन विचारें। उनीहरूले सुसमाचारको सत्यतालाई पछ्याइरहेका थिएनन्। यसकारण सारा मण्डलीकहरूको सामुन्ने मैले पत्रुसलाई भनेः “पत्रुस तिमी यहूदी हौ। तर यहूदीले जस्तै तिमीले आफ्नो जीवन बिताइरहेका छैनौ। तिमी गैर-यहूदीहरू सरह बसिरहेका छौ। यदि यसो हो भने तिमी किन गैर-यहूदीहरूलाई यहूदीहरू जस्तो बाँच्न कर लगाउँछौ?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 तर जब सुसमाचारको सत्‍यताबमोजिम तिनीहरू नचलेका मैले देखें, तब तिनीहरू सबैका सामुन्‍ने मैले केफासलाई भनें, “तपाईं यहूदी भईकन यहूदीजस्‍तो नभई अन्‍यजातिहरूजस्‍तै चल्‍नुहुन्‍छ भने, अन्‍यजातिहरूलाई यहूदीजस्‍तै जिउन कसरी कर लाउनुहुन्‍छ?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 मैले उनीहरूलाई सुसमाचारको सत्‍यताबाट अलमलिएको देखें र पत्रुसलाई सबैको सामु भने, “तपाईं इस्राएली हुनुहुन्‍छ र पनि तपाईं अरू जातिका मानिसहरूजस्‍तै हुनुहुन्‍छ, इस्राएलीजस्‍तै हुनुहुन्‍न। कसरी तपाईंले अरू जातिका मानिसहरूलाई चाहिँ इस्राएली चालमा चल्‍न लाउनुहुन्‍छ?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 जब मैले तिनीहरूलाई सुसमाचारको सत्यताअनुसार व्यवहार नगरेको देखेँ, तब मैले पत्रुसलाई सबैको सामु खुल्‍लमखुल्‍ला भनेँ, “तपाईं यहूदी हुनुहुन्छ, तापनि तपाईं यहूदी रीतिअनुसार नचलेर गैरयहूदी रीतिअनुसार जिउनुहुन्छ। तब कसरी तपाईंले गैरयहूदीहरूलाई यहूदी परम्परालाई पछ्याउन कर लगाउनुहुन्छ?

Viz kapitola kopírovat




गलाती 2:14

Následuj nás:

Reklamy


Reklamy