इजकिएल 48:15 - पवित्र बाइबल15 “भूमिको एक क्षेत्र 5,000 हात चौंडा अनि 25,000 हात लामो हुनेछ, जुन पूजाहारीहरू अनि लेवीहरूलाई दिइएको भूमिबाट अतिरिक्त हुन्छ। यो भूमि शहरका पशुहरूको चर्ने ठाँउ अनि घर बनाउँनको लागि हुन्छ। साधरण मानिसहरूले यसको प्रयोग गर्न सक्छन्। शहर यसको बीचमा हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 “जग्गाको बाँकी भाग, ५,००० हात चौड़ा र २५,००० हात लामोचाहिँ, सहरका जुनसुकै कामको लागि, घरहरू र चरनहरूका लागि पनि हुनेछ। सहर त्यसको बीचमा हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 बाँकी रहेको साढे बाह्र किलोमिटर लामो र अढाइ किलोमिटर चौडा जमिनचाहिँ मानिसहरूले साधारण काममा चलाउन हुनेछ। तिनीहरू त्यहाँ बास गर्न सक्छन् र त्यो जमिन काममा लाउन सक्छन्। त्यसको बीचमा सहर हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 “बाँकी रहेको पाँच हजार क्यूबिट चौडाइ र पच्चीस हजार क्यूबिट लम्बाइको इलाका सहरको साधारण प्रयोगको निम्ति, घरहरू र खर्कको निम्ति हुनेछ। अनि सहर त्यसको बीच भागमा हुनेछ। Viz kapitola |