इजकिएल 48:10 - पवित्र बाइबल10 भूमिको यो विशेष क्षेत्र पूजाहारीहरू अनि लेवीहरूमा बाँडिनेछ। “पूजाहारीले यस क्षेत्रबाट एक भाग पाउँछन्। यो भूमि उत्तरपट्टि 25,000 हात लामो, पश्चिम पट्टि 10,000 हात चौंडा, पूर्व पट्टि 10,000 हात चौंडा अनि दक्षिण पट्टि 25,000 हात लामो हुन्छ। भूमिको यस क्षेत्रको बीचमा परमप्रभुको मन्दिर हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 योचाहिँ पूजाहारीहरूका निम्ति एउटा पवित्र भाग हुनेछ। यो भाग उत्तरपट्टि २५,००० हात, पश्चिमपट्टि १०,००० हात, पूर्वपट्टि १०,००० हात र दक्षिणपट्टि २५,००० हात हुनेछ। परमप्रभुको पवित्रस्थानचाहिँ त्यसको बीचमा हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 यस पवित्र खण्डको एक भाग पूजाहारीहरूले पाउनेछन् र त्यसको लमाइ पूर्वदेखि पश्चिमसम्म साढे बाह्र किलोमिटर र चौडाइ उत्तरदेखि दक्षिणसम्म पाँच किलोमिटर हुनेछ। यस क्षेत्रको बीचमा परमप्रभुको मन्दिर रहनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 यो भाग पुजारीहरूका निम्ति पवित्र भाग हुनेछ। त्यो उत्तरपट्टि पच्चीस हजार क्यूबिट लम्बाइ, पश्चिमपट्टि दश हजार क्यूबिट चौडाइ, पूर्वपट्टि दश हजार क्यूबिट चौडाइ र दक्षिणपट्टि पच्चीस हजार क्यूबिट लम्बाइ हुनेछ। त्यसको बीच भागमा याहवेहको पवित्रस्थान हुनेछ। Viz kapitola |