Online Bible

- Reklamy -




इजकिएल 48:1 - पवित्र बाइबल

1-7 “उत्तरी सीमाना पूर्वमा हेतलोनबाट महासागरबाट हमात छाडेर अनि तब हसर-एनान सम्म लगातार जान्छ। यो दश्मिक अनि हमातको सीमानाहरूको बीचमा छ। कुल समूहमा यो समूहको जमीन यी सीमानाहरूको पूर्वबाट पश्चिम सम्म जान्छन्। उत्तरबाट दक्षिण, यो क्षेत्रको कुल समूह हुन, दान, आशेर, नप्ताली, मनश्शे, एप्रैम, रूबेन र यहूदा।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 “नाउँ-नाउँको सूचीअनुसार कुलहरू यी नै हुन्‌: उत्तरको सिमानामा दानको एक भाग हुनेछ। त्‍यो हेतलोनको बाटो भएर लेबो-हमाततिर जानेछ। हसर-एनान र हमातको छेउमा भएको दमस्‍कसको उत्तरी सिमानाचाहिँ त्‍यसको सिमानाको पूर्वदेखि पश्‍चिमतिर एक भाग हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1-7 देशको उत्तरी सिमाना भूमध्‍य सागरबाट पूर्वपट्टि हेतलोन सहर, हमात घाटी, हसर-एनान सहर हुँदै दमस्‍कस-राज्‍य र हमात-राज्‍य बीचका सिमानासम्‍म पुग्‍छ। इस्राएलका कुलहरूले देशमा जमिनको आफ्‍नो हिस्‍सा पाउनेछन्। ती जमिनका हिस्‍साहरू देशका पूर्वीय सिमानाबाट फैलिएर पश्‍चिमतिर भूमध्‍य सागरसम्‍म पुग्‍नेछन् र त्‍यसको उत्तर खण्‍डमा दानले र त्‍यसपछि दक्षिण दिशातिर क्रमैसित आशेर, नप्‍ताली, मनश्‍शे, एफ्राइम, रूबेन र यहूदा गर्दै हरेक कुलले आ-आफ्‍नो हिस्‍सा पाउनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 “नामअनुसार सूचित गरिएका कुलहरू यिनै हुन्: “उत्तरी सिमानाबाट दानले एक भाग पाउनेछ; त्यो हेत्लोनको बाटोहुँदै लेबो-हमातसम्म जानेछ; हसर-एनान र हमात पछिको उत्तरी दमस्कसको सिमाना पूर्व भागदेखि पश्‍चिम भागसम्म फैलिएको दानको सिमाना हुनेछ।

Viz kapitola kopírovat




इजकिएल 48:1

Následuj nás:

Reklamy


Reklamy