इजकिएल 1:24 - पवित्र बाइबल24 जब-जब त्यो प्राणीहरू हिँड्थ्यो, त्यसको पखेंटाको ध्वनि बडो तेजसँग आउँथ्यो। त्यो ध्वनि समुद्रको गर्जन जस्तै हुन्थ्यो। त्यो सर्वशक्तिमान परमेश्वरको छेउमा निस्कने वाणी समान थियो। त्यो कुनै सेना समूहको स्वर जस्तै थियो। जब ती प्राणीहरू हिँड्न छोड्थे त्यति बेला आफ्नो पखेंटा तल झर्थ्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 तिनीहरू जाँदा तिनीहरूका पखेटाको आवाज धेरै पानीको गर्जन, सर्वशक्तिमान्को सोर, सेनाको खल्याङमल्याङको आवाज जस्तै मैले सुनें। तिनीहरू ठिङ्ग उभिँदा तिनीहरूले आफ्ना पखेटा तल झार्थे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 तिनीहरू उडेर जाँदा तिनीहरूका पखेटाको आवाज मैले सुनें, त्यो आवाज समुद्रजस्तै गर्जन्थ्यो अथवा ठूलो सेना हिंडेजस्तो वा सर्वशक्तिमान् परमेश्वरको सोरझैँ सुनिन्थ्यो। तिनीहरू अडिँदा पखेटा झार्थे, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 जब ती प्राणीहरू अगाडि बढ्थे, तब वेगसित बगिरहेका पानीको गर्जनजस्तो, सर्वशक्तिमान्को आवाजजस्तो, सेनाको होहल्लाजस्तो, तिनीहरूका पखेटाहरूको आवाज मैले सुन्थे। जब तिनीहरू खडा हुन्थे, तब तिनीहरूले आफ्ना पखेटाहरू तल झार्थे। Viz kapitola |