इजकिएल 1:23 - पवित्र बाइबल23 यो बटुकाको तल प्रत्येक प्राणीको सीधा पखेंटा थियो त्यो अर्को प्राणीसम्म पुगेको थियो। प्रत्येक प्राणीले यसको दुइवटा फिँजिएको पखेंटाहरू अनि अर्को दुइवटा पखेंटाहरूले यसको शरीर छोपेको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 त्यस विस्तृत क्षेत्रमुन्तिर तिनीहरूका पखेटा, एउटाको पखेटाले अर्काको पखेटालाई छुने गरी सोझै फैलिएका थिए। हरेक जीवित जीवातका दुई-दुई पखेटाले आ-आफ्नो शरीर ढाकेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 गुम्बजको मुन्तिर एउटाको पखेटाले अर्कोको पखेटा छुने गरी आ-आफ्ना दुई-दुई वटा पखेटा फैलाएर र बाँकी दुई वटा पखेटाले आ-आफ्ना शरीर ढाकेर ती चार जीवित प्राणीहरू खडा थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 त्यस अन्तरमुनि तिनीहरूका पखेटाहरू एउटाको पखेटाले अर्काको पखेटालाई छुने गरी सीधै फैलिएका थिए। हरेकसँग तिनीहरूका शरीरलाई छोप्ने दुई वटा पखेटाहरू पनि थिए। Viz kapitola |