Online Bible

- Reklamy -




इजकिएल 1:1 - पवित्र बाइबल

1-3 म बूजीको छोरो पूजाहारी इजकिएल हुँ। म बाबेलमा कैदीहरूसित कबार नदीको किनारमा थिएँ। स्वर्ग खुल्यो अनि मैले परमेश्वरको दर्शन देखें। यो तीसौं बर्षको चौथो महीनाको पाँचौ दिन थियो। (यो राजा यहोयाकीनको देश निष्कासनको पाँचौं बर्षको पाँचौं महीनाको पाँचौं दिन इजकिएलले परमप्रभुको वचन प्राप्त गरे। त्यस स्थानमा परमप्रभुको शक्ति ममाथि आयो।)

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 तीसौँ वर्षको चौथो महिनाको पाँचौँ दिनमा जब म निर्वासितहरूसँग कबार नदीको किनारमा थिएँ, तब स्‍वर्ग खोलियो र मैले परमेश्‍वरका दर्शनहरू देखें।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 तीसौं वर्षको चौथो महिनाको पाँचौं दिन बूजीका छोरा म इजकिएल पूजाहारी कैदमा लगिएकाहरूसँग बेबिलोन देशको कबार नदीको किनारमा थिएँ। आकाश उघ्रियो र मैले परमेश्‍वरको दर्शन देखें।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 तीसौँ वर्षको चौथो महिनाको पाँचौँ दिनमा, जब म कबार नदीको छेउमा निर्वासन गरेर लगिएका यहूदी कैदीहरूसँग थिएँ, तब स्वर्ग खोलियो र मैले परमेश्‍वरको दर्शन देखेँ।

Viz kapitola kopírovat




इजकिएल 1:1

Následuj nás:

Reklamy


Reklamy