प्रस्थान 9:14 - पवित्र बाइबल14 यदि मेरा मानिसहरूलाई यसो गर्न दिएनौ भने म मेरो सम्पूर्ण शक्ति तिमी, तिम्रा मानिसहरू अनि तिम्रा अधिकारीहरूमाथि प्रयोग गर्नेछु। तब तिमीले जान्ने छौ संसारमा म जस्तो परमेश्वर अरू छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 नत्रभने यस पल्ट तँमाथि र तेरा अधिकारीहरू र प्रजामाथि पूरा शक्तिमा मेरा सबै विपत्तिहरू म पठाउनेछु, ताकि सारा पृथ्वीमा मजस्तो कोही रहेनछ भनी तँलाई थाहा होस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 होइन भने यसपालि म तेरा भारदार र प्रजालाई मात्र होइन; तर तँलाई पनि दण्ड दिनेछु। तब तँले जान्नेछस् कि मजस्तो परमेश्वर यस संसारमा अरू कुनै पनि छैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 नत्रता यस पटक म मेरो पूरा शक्तिसाथ विपत्तिहरू तँमाथि, तेरा अधिकारीहरू, तेरा मानिसहरूका विरुद्धमा पठाउनेछु; र तिमीहरूले सारा पृथ्वीमा मजस्तो अरू कोही छैन भनी जान्नेछौ। Viz kapitola |