प्रस्थान 8:21 - पवित्र बाइबल21 यदि तपाईंले मेरो मानिसहरूलाई जान दिनु हुन्न भने म झींगाहरू तिमी, तिम्रा अधिकारीहरू र तिम्रा मानिसहरूको विरूद्धमा पठाउनेछु। झींगाहरू तिम्रो र तिम्रा अधिकारीहरूका घरहरूमा जानेछन्। मिश्रका सबै घरहरू झींगाले भरिनेछन्। जमीन पनि झींगाले भरिनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 मेरा प्रजालाई जान दिइनस् भने, हेर्, तँ, तेरा अधिकारीहरू र तेरा प्रजामाथि र तेरा घरहरूमा म हूलका हूल झीँगा पठाउनेछु, र मिश्रीहरूका घर-घरमा र तिनीहरू रहेका ठाउँहरूमा समेत हूलका हूल झीँगा थुप्रिनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 तैँले मेरा कुरा मानिनस् भने म तेरो घरमा, तेरा भारदारहरू र प्रजाको घरमा झिँगा पठाएर तँलाई दण्ड दिनेछु। मिश्रीहरूका घर, जमिन सबै झिँगाले भरिनेछन्, यो मेरो चेतावनी सुन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 तैँले मेरा मानिसहरूलाई जान दिइनस् भने म तँमाथि र तेरा अधिकारीहरूमाथि, तेरा मानिसहरूमाथि, र तेरा घरहरूमा हुलका हुल झिँगाहरू पठाउनेछु। इजिप्टियनहरूका घरहरू र तिनीहरू बसेका जमिन पनि झिँगाहरूले भरिनेछ। Viz kapitola |