प्रस्थान 6:8 - पवित्र बाइबल8 मैले अब्राहाम, इसहाक, याकूबसित महान प्रतिज्ञा गरेको थिएँ। मैले तिनीहरूलाई एउटा देश दिनेछु भनी वचन दिएको थिए। यसैकारण म तिमीहरूलाई त्यो देशमा लानेछु। म त्यो देश तिमीहरूलाई दिनेछु र त्यो देश तिमीहरूको हुनेछ। म परमप्रभु हुँ।’” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 अनि म तिमीहरूलाई त्यस देशमा ल्याउनेछु जो अब्राहाम, इसहाक र याकूबलाई दिने मैले शपथ खाएर प्रतिज्ञा गरेको थिएँ। म त्यो तिमीहरूको अधिकारमा दिनेछु। म परमप्रभु हुँ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 जुन देश मैले अब्राहाम, इसहाक र याकूबलाई दिन्छु भनी प्रतिज्ञा गरेको थिएँ, त्यस देशमा तिमीहरूलाई पुर्याउनेछु र त्यो देश तिमीहरूको अधीनमा दिनेछु। परमप्रभु म नै हुँ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 अनि म तिमीहरूलाई त्यस देशमा ल्याउनेछु, जुन देश मैले अब्राहाम, इसहाक र याकोबलाई दिनेछु भनी हात उचालेर शपथ खाएको थिएँ; म त्यो तिमीहरूलाई सम्पत्तिको रूपमा दिनेछु; म नै याहवेह हुँ।’ ” Viz kapitola |