प्रस्थान 5:8 - पवित्र बाइबल8 तिनीहरूले पहिले झैं त्यति नै संख्या ईंटा बनाउनु पर्छ। तिनीहरू अल्छी भएका छन् अनि त्यसैकारण तिनीहरू यहाँबाट जाने अनुमति मागि रहेका छन् त्यसैले तिनीहरू आफ्नो परमेश्वरलाई बलि चढाउन अनुमति माग्दैछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तर इँट भने तिनीहरूले अझसम्म जति बनाउँदैआएका छन् तिमीहरूले त्यति नै बनाउन लगाओ। तिनको संख्या कत्ति पनि नघटाओ, किनकि तिनीहरू अल्छे भएका छन्। यसैले त तिनीहरू ‘हाम्रा परमेश्वरको निम्ति बलि चढ़ाउनलाई जान दिनुहोस्’ भन्दै कराउँछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तर इँटा पहिलाको जति नै बनाउनुपर्नेछ, एउटै इँटा पनि कम गर्न पाउनेछैन। काम थोरै भएकोले यिनीहरू आफ्ना परमेश्वरलाई पुज्न जान दिनुहोस् भनी मलाई भनिरहेका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तर तिनीहरूलाई पहिलेकै संख्यामा इँटाहरू बनाउन भन्नू; त्यसको संख्या नघटाउनू। तिनीहरू अल्छे छन्; यसैले तिनीहरू ‘हामीलाई आफ्ना परमेश्वरका निम्ति बलिदान चढाउन जान दिनुहोस्’ भनी कराउँदैछन्। Viz kapitola |