प्रस्थान 4:10 - पवित्र बाइबल10 तर मोशाले परमप्रभुलाई भने, “तर परमप्रभु, म तपाईंलाई साँच्चो भन्दैछु म दक्ष वक्ता होइन। म कहिल्यै राम्रो बोल्ने योग्यको हुन सकेको छैन। अनि अहिले तपाईंसित कुरा गरें पछि पनि म असल वक्ता होइन। तपाईंलाई थाहै छ म ढिलो बोल्छु र उत्कृष्ट शब्दहरू प्रयोग गर्दिन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 त्यसपछि मोशाले परमप्रभुलाई भने, “प्रभु, म बोल्नमा उस्तो सिपालु छैनँ, न त अघि म सिपालु थिएँ न अहिले तपाईं बोल्नुभएपछि म सिपालु भएको छु, किनकि म बोल्नमा र जिब्रो चलाउनमा ढिलो छु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तर मोशाले भने, “परमप्रभु मलाई नपठाउनुहोस्। म राम्ररी बोल्न सक्दिनँ। तपाईंको वचन सुनेर पनि म राम्ररी बोल्न सक्ने भएको छैनँ। म ढिलो अनि अड्की-अड्की मात्र बोल्न सक्छु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 मोशाले याहवेहलाई भने, “माफ गर्नुहोला, हे प्रभु। म बोल्नमा सिपालु छैनँ, न त पहिले म सिपालु थिएँ; न अहिले तपाईं बोल्नुभएपछि म सिपालु भएको छु; किनकि म बोल्नमा र जिब्रो चलाउनमा ढिलो छु।” Viz kapitola |