प्रस्थान 39:21 - पवित्र बाइबल21 त्यसपछि तिनीहरूले न्याय थैलीमाथिको मुन्द्रीहरूदेखि एपोदमाथिको मुन्द्रीहरू बाँध्न निलो डोरी प्रयोग गरे। यसप्रकारले न्याय थैली एपोदसित बलियोसँग बाँध्न सकिन्थ्यो। तिनीहरूले प्रत्येक चीज परमप्रभुले मोशालाई दिनुभएको आज्ञा अनुसार नै गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 छाती-पाताचाहिँ त्यसका मुन्द्रीहरूद्वारा एपोदका मुन्द्रीहरूमा नीलो फित्ताले कमरपेटीमा बाँधे, कि त्यो एपोददेखि सर्न नपाओस्, जस्तो परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 परमप्रभुले मोशालाई भन्नुभएअनुसार नै नीलो धागोले छाती-पाताका मुन्द्रीलाई एपोदको मुन्द्रीसित बाँधे र त्यसरी छाती-पाता पटुका मास्तिर खुकुलो नहुने भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ तिनीहरूले छाती-पाताका मुन्द्राहरूलाई निलो धागोले बाँधे, ताकि त्यो एपोदबाट सर्न नसकोस्। Viz kapitola |