प्रस्थान 38:17 - पवित्र बाइबल17 खम्बाको निम्ति आधारहरू काँसाको बनिएका थिए। अंकुसेहरू र पर्दाका डण्डाहरू चाँदीले बनिएका थिए। खम्बाकोमाथिल्लो भाग चाँदीले मोहोरेको थियो। आँगनमा लगाइएका सबै खम्बाका पर्दामा चाँदीको डण्डाहरू लगाइएका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 खम्बाका आधारहरू काँसाका थिए, तर खम्बाका अङ्कुसे र फित्ताहरूचाहिँ चाँदीका थिए। तिनका टुप्पाहरू चाँदीले मोहोरिएका थिए। चोकका सबै खम्बाहरूका फित्ताहरू चाँदीका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 खम्बाका आसनहरू काँसाका र अङ्कुसे र डन्डीहरू चाँदीका बनिएका थिए। खम्बाका टुप्पाहरू चाँदीले मोहोरेर ढाकेका थिए। घेराका चारैपट्टिका खम्बाहरू चाँदीका डन्डीहरूले जोडिएका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 खाँबाका आधारहरू काँसोका थिए। यसका अङ्कुसेहरू र फित्ताहरूचाहिँ चाँदीले बनाइएका र टुप्पाहरू चाँदीले नै मोहोरिएका थिए। आँगनका सबै खाँबाहरूमा चाँदीका फित्ताहरू थिए। Viz kapitola |