Online Bible

- Reklamy -




प्रस्थान 3:16 - पवित्र बाइबल

16 परमेश्वरले मोशालाई फेरि भन्नुभयो, “जाऊ अनि इस्राएलका बूढा प्रधानहरूलाई एकत्रित गर अनि तिनीहरूलाई भन, ‘यहोवा, तिमीहरूका पिता-पुर्खाहरूका अब्राहाम, इसहाक अनि याकूबका परमेश्वर मेरोअघि मानिस जस्तै प्रकट हुनुभयो अनि मलाई भन्नु भयो, यहाँ मिश्रमा भोगेका कष्टहरू र शोकहरू उहाँलाई थाह छ र तिमीहरूलाई उहाँ कष्टबाट मुक्त गराउनु चाहनु हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 “जा, गएर इस्राएलका धर्म-गुरुहरूलाई जम्‍मा गरेर तिनीहरूलाई भन्‌: ‘परमप्रभु, तिमीहरूका पिता-पुर्खाका परमेश्‍वर, अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकूबका परमेश्‍वर मकहाँ प्रकट भएर भन्‍नुभयो, मैले तिमीहरूको हेर-विचार गरेको छु र मिश्रमा तिमीहरूले जे भोग्‍दैछौ सो मैले देखेको छु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 गएर इस्राएलका नाइकेहरूलाई एक साथ भेला गरेर तिनीहरूलाई भन् कि म परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्‍वर, अब्राहाम, इसहाक र याकूबका परमेश्‍वरले तँलाई दर्शन दिएको हुँ। तिनीहरूलाई भन्, म तिनीहरूका माझमा आएको छु र मिश्रीहरूले तिनीहरूलाई के गर्दै छन् ती सबै मैले देखेको छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 “जा, इस्राएलका प्रधानहरूलाई जम्मा गरेर तिनीहरूलाई भन्, ‘याहवेह तिमीहरूका पितापुर्खाहरूका परमेश्‍वर—अब्राहाम, इसहाक र याकोबका परमेश्‍वर—मकहाँ देखा परेर भन्‍नुभयो: मैले तिमीहरूमाथि दृष्‍टि लगाएको छु र तिनीहरूले तिमीहरूलाई इजिप्टमा के-के गरे, सो देखेको छु।

Viz kapitola kopírovat




प्रस्थान 3:16

Následuj nás:

Reklamy


Reklamy