Online Bible

- Reklamy -




प्रस्थान 3:15 - पवित्र बाइबल

15 परमेश्वरले मोशालाई अझ भन्नुभयो, “तिमीले इस्राएलीहरूलाई के भन्नु पर्छ भने, ‘परमप्रभु तिम्रो पिता-पुर्खाहरूका परमेश्वर, अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर हुनुहुन्छ। मेरो नाउँ सदैव परमप्रभु रहनेछ। यही रूपमा मानिसहरूले मलाई पुस्तौं-पुस्तासम्म चिन्नेछन्,’ यसैकारण मानिसहरूलाई भन, ‘परमप्रभुले मलाई तिमीहरू कहाँ पठाउनु भएको छ।’”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 परमेश्‍वरले मोशालाई यो पनि भन्‍नुभयो, “इस्राएलीहरूलाई भन्, परमप्रभु, तिमीहरूका पिता-पुर्खाका परमेश्‍वर, अर्थात्‌ अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकूबका परमेश्‍वरले मलाई तिमीहरूकहाँ पठाउनुभएको हो। मेरो नाउँ सदा यही रहनेछ, र सबै पुस्‍तासम्‍म मेरो नाउँको सम्‍झना यही हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 इस्राएलीहरूलाई भन् कि म परमप्रभु तिमीहरूका पुर्खाहरू अब्राहाम, इसहाक र याकूबका परमेश्‍वरले तँलाई तिनीहरूकहाँ पठाएको हुँ। सधैँको निम्‍ति मेरो नाम ‘म हुँ’ हो। भविष्‍यका पुस्‍ता-पुस्‍ताले मलाई त्‍यही नामले पुकार्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 परमेश्‍वरले मोशालाई यसो पनि भन्‍नुभयो, “इस्राएलीहरूलाई भन्‍नू, ‘तिमीहरूका पितापुर्खाहरूका याहवेह परमेश्‍वर—अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकोबका परमेश्‍वरले—मलाई तिमीहरूकहाँ पठाउनुभएको हो।’ “मेरो नाम सदा यही रहन्छ, र सबै पुस्तासम्म मेरो नामको सम्झना यही हुनेछ।

Viz kapitola kopírovat




प्रस्थान 3:15

Následuj nás:

Reklamy


Reklamy