प्रस्थान 3:1 - पवित्र बाइबल1 त्यस समय मोशा उसको ससूराका भेंडाहरूको हेरचाह गर्दैथिए। तिनका ससूरा यित्रो मिद्यानमा पूजाहारी थिए। मोशाले भेंडाहरू मरुभूमिको पश्चिमतिर लगे। मोशा होरेब, परमेश्वरको पहाड गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 मोशाले आफ्ना ससुरा मिद्यानका पूजाहारी यित्रोका भेड़ाबाख्रा चराइरहेका थिए, र तिनले भेड़ाबाख्रा चराउँदै उजाड़-स्थानको पारितिर परमेश्वरको पर्वत, अर्थात् होरेबसम्मै लगे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 एक दिन मोशाले आफ्ना ससुरा मिद्यानका पूजाहारी यित्रोका भेडाबाख्रा चराइरहेका थिए। उनले पशुका बथानलाई मरुभूमि पार गराएर पवित्र पर्वत सीनैमा पुर्याए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 मोशाले आफ्ना ससुरा मिद्यानका पुजारी यित्रोका भेडाबाख्रा चराउँथे। अनि आफ्नो बगाललाई उजाडस्थानको पल्लो छेउतिर लगे; अनि तिनी परमेश्वरको पर्वत होरेबमा आए। Viz kapitola |