प्रस्थान 15:25 - पवित्र बाइबल25 मोशाले परमप्रभुलाई पुकार गरे। यसर्थ परमप्रभुले तिनलाई एउटा रूख देखाउनु भयो। मोशाले त्यस रूखलाई पानीमा डुबाए अनि पानी पिउने लायकको भयो। त्यस ठाउँमा परमप्रभुले मानिसहरूको परीक्षा लिनु भयो अनि तिनीहरूका निम्ति उहाँले नियम बनाइ दिनु भयो। परमप्रभुले ती मानिसहरूमा विश्वासको पनि परीक्षा गर्नुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 तब मोशाले परमप्रभुलाई पुकारा गरे। अनि परमप्रभुले तिनलाई एउटा काठको टुक्रा देखाइदिनुभयो, र तिनले त्यो पानीमा हाल्दा पानी मीठो भयो। त्यहीँ नै परमप्रभुले तिनीहरूका निम्ति एक विधि र विधान बनाउनुभयो, र उहाँले तिनीहरूको जाँच गर्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 मोशाले परमप्रभुलाई हृदयदेखि प्रार्थना गरे अनि परमप्रभुले उनलाई एउटा दाउराको टुक्रा देखाइदिनुभयो। मोशाले त्यो दाउराको टुक्रा पानीमा हालिदिए र त्यो पानी पिउन लायकको भयो। त्यही ठाउँमा परमप्रभुले तिनीहरूलाई जिउनको निम्ति नियमहरू दिनुभयो। त्यहीँ उहाँले तिनीहरूको जाँच पनि गर्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 तब मोशाले याहवेहलाई पुकारे; अनि याहवेहले तिनलाई एउटा काठको टुक्रा देखाउनुभयो। जब तिनले त्यसलाई पानीमा फाले, तब त्यो पानी मिठो भयो। त्यहाँ याहवेहले तिनीहरूका निम्ति एउटा नियम र निर्देशन बनाउनुभयो; अनि त्यहीँ नै उहाँले तिनीहरूको जाँच लिनुभयो। Viz kapitola |