प्रस्थान 13:17 - पवित्र बाइबल17 फिरऊनले मानिसहरूलाई छोड्न लगाए। परमप्रभुले मानिसहरूलाई पलिश्तीहरूको भूमिको बाटो जानु दिनु भएन। समुद्रकोबाटो सब भन्दा छोटो छ तर परमप्रभुले भन्नुभयो, “यदि मानिसहरू त्यो बाटो जान्छन् भने तिनीहरूले लडाइँ गर्नु पर्नेछ। यस्तो हुँदा तिनीहरूको मन विचार बद्लन सक्छ अनि मिश्रमा नै फर्किएर जानेछन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 जब फारोले ती मानिसहरूलाई जान दिए, तब पलिश्तीहरूका देशको बाटो छोटो भए तापनि परमेश्वरले तिनीहरूलाई त्यो बाटो भएर ल्याउनुभएन। किनकि परमेश्वरले भन्नुभयो, “यी मानिसहरू लड़ाइँ देखेर पछुतो गर्लान् र मिश्रमा नै फर्की जालान्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 मिश्रका राजाले इस्राएलीहरूलाई छोडिदिएपछि परमेश्वरले तिनीहरूलाई पलिश्त देशको तिरै-तिरको बाटो लैजानुभएन। हुन त त्यो बाटो सबैभन्दा छोटो पर्थ्यो तापनि परमेश्वरले त्यसो गर्नुभएन। उहाँले सोच्नुभयो, “यी मानिसहरूले बाटोमा लडाइँ गर्नुपर्नेरहेछ भनी मन फेरेर मिश्रमा फर्कन चाहेको म हेर्न चाहन्नँ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 जब फारोले ती मानिसहरूलाई जान दिए, याहवेहले तिनीहरूलाई पलिश्तीहरूको देश भएर डोर्याउनुभएन; यद्यपि त्यो छोटो थियो। किनकि परमेश्वरले भन्नुभयो, “तिनीहरूले युद्धको सामना गर्नुपर्यो भने तिनीहरूले आफ्ना मन परिवर्तन गरेर इजिप्टतिरै फर्कन सक्छन्।” Viz kapitola |