प्रस्थान 12:31 - पवित्र बाइबल31 तब त्यस राती फिरऊनले मोशा र हारूनलाई बोलाए। फिरऊनले तिनीहरूलाई भने, “तयार होऊ अनि हाम्रा मानिसहरूलाई छोडेर जाऊ। तिमी र तिम्रा मानिसहरूले त्यसै गर्न सक्छौ जो तिमी भन्छौ तिमीहरू जाऊ अनि आफ्नो परमप्रभुको आराधना गर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 फारोले राती नै मोशा र हारूनलाई बोलाउन पठाएर भने, “तिमीहरू र सबै इस्राएलीहरू मेरा प्रजाका बीचबाट निक्लेर गइहाल, र तिमीहरूले भनेबमोजिम परमप्रभुको आराधना गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 त्यो रात राजाले मोशा र हारूनलाई बोलाउन पठाए र भने, “तिमी र तिम्रा इस्राएलीहरू निस्की जाओ। मेरो देश छोडेर गइहाल अनि तिमीहरूले भनेअनुसार आफ्ना परमप्रभुलाई भक्ति गर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 रातको समयमा फारोले मोशा र हारूनलाई बोलाइपठाएर भने, “तिमीहरू र सारा इस्राएलीहरू उठ! अनि मेरा मानिसहरूलाई छोडिदेओ! जाओ, र तिमीहरूले बिन्ती गरेझैँ याहवेहको आराधना गर। Viz kapitola |