Online Bible

- Reklamy -




प्रस्थान 12:27 - पवित्र बाइबल

27 तब तिमीहरूले जवाफ दिनेछौ, ‘यो निस्तार चाड़ परमप्रभुको सम्मानमा मानिएको हो। नानीहरूलाई तिमीहरू भन्नेछौ, जब हामीहरू मिश्रमा थियौं, परमप्रभुले इस्राएलीको घरहरू छोडेर जानु भयो। उहाँले मिश्री मानिसहरूलाई मार्नु भयो अनि हाम्रो रक्षा गर्नुभयो।’” यसकारण अहिले मानिसहरू उहाँलाई निहुरिएर दण्डवत गर्छन् र आराधना गर्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 तब तिमीहरूले भन्‍नू, ‘यो परमप्रभुको निस्‍तार-चाड़को बलिदान हो। उहाँ मिश्रमा इस्राएलीहरूका घरहरूबाट भएर जानुभयो, र उहाँले मिश्रीहरूलाई प्रहार गर्नुहुँदा हामीहरूका घरचाहिँ उहाँले छोड्‌नुभएको थियो’।” तब मानिसहरूले शिर निहुराएर आराधना गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 तिमीहरूको उत्तर यो हुनेछ, ‘यो परमप्रभुलाई आदर गरेर मनाएको निस्‍तार-चाड हो किनभने उहाँले मिश्रमा भएका इस्राएलीहरूका घरहरूलाई बचाउनुभएको थियो। उहाँले मिश्रीहरूलाई मार्नुभयो तर हामी इस्राएलीहरूलाई बचाउनुभएको थियो।” इस्राएलीहरूले घुँडा टेकेर उहाँलाई आराधना गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 तब तपाईंहरूले भन्‍नू, ‘यो याहवेहको निम्ति निस्तारको बलिदान हो; उहाँले इजिप्टमा इस्राएलीहरूका घरहरूलाई छोड्नुभयो, र इजिप्टियनहरूलाई प्रहार गर्नुहुँदा हाम्रा परिवारहरूलाई जोगाइराख्नुभयो।’ ” तब मानिसहरूले शिर निहुराएर आराधना गरे।

Viz kapitola kopírovat




प्रस्थान 12:27

Následuj nás:

Reklamy


Reklamy