प्रस्थान 12:23 - पवित्र बाइबल23 जब परमप्रभु मिश्रमा पहिला जन्मेको छोराहरूलाई मार्न जानुहुनेछ अनि ढोकाका फल्याक अनि खाम्बाहरूमाथि रगत पोतेको देख्नु हुनेछ। तब परमप्रभुले त्यस घरलाई रक्षा गर्नु हुनेछ। उहाँ ती ढोकाद्वारबाट जाँदा परमप्रभुले विनाशक शक्ति ती घरहरूमा पसेर नाशगर्नबाट रोक्नुहुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 जब परमप्रभु मिश्रीहरूलाई प्रहार गर्न देश भएर जानुहुनेछ, तब उहाँले चौकोसको माथिल्लो भाग र दुवैतिरका खम्बामा रगत देख्नुहुनेछ, र त्यस ढोकालाई छोड़ेर, निस्तार गरी, विनाश पार्नेलाई तिमीहरूका घरमा तिमीहरूलाई मार्न पस्न दिनुहुन्न। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 जब परमप्रभु मिश्रीहरूलाई मार्नलाई मिश्रका बीचबाट भएर जानुहुनेछ, उहाँले तिम्रा दैलाका खम्बाहरू र चौकोसमाथि रगत देख्नुहुनेछ र मृत्युको दूतलाई तिम्रा घरमा पस्न र तिमीहरूलाई मार्न दिनुहुनेछैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 जब याहवेह इजिप्टियनहरूलाई प्रहार गर्नलाई यस देशबाट भएर जानुहुनेछ, तब उहाँले चौकसका माथिल्ला र दुई छेउका भागहरूमा रगत देख्नुहुनेछ; अनि उहाँले त्यस ढोकालाई नाघेर जानुहुनेछ, र विनाशकर्तालाई नाश गर्न तपाईंहरूका घरमा पस्न दिनुहुनेछैन। Viz kapitola |