प्रस्थान 12:21 - पवित्र बाइबल21 यसर्थ मोशाले सबै बूढा-प्रधानहरूलाई बोलाए। मोशाले तिनीहरूलाई भने, “तिमीहरूका परिवारका निम्ति थुमाहरू ल्याऊ र निस्तारको निम्ति थुमाहरू मार। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 तब मोशाले इस्राएलका सबै धर्म-गुरुहरूलाई बोलाउन पठाएर तिनीहरूलाई भने, “गएर आ-आफ्नो परिवारअनुसार एउटा-एउटा थुमा निकाल, र निस्तार-चाड़का बलिको निम्ति मार। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 मोशाले इस्राएलका सबै नाइकेहरूलाई बोलाएर भने, “तिमीहरू हरेकले एउटा भेडा वा बाख्राको पाठो छानेर मार्नू र तिम्रा परिवारहरूले निस्तार-चाड मनाउन सकून्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 तब मोशाले इस्राएलका सबै प्रधानहरूलाई बोलाएर तिनीहरूलाई भने, “झट्टै गएर तपाईंहरूका परिवारहरूका निम्ति पशुहरू रोज्नुहोस् र निस्तार चाडको पाठो मार्नुहोस्। Viz kapitola |