प्रस्थान 12:15 - पवित्र बाइबल15 यस चाड़मा तिमीहरूले अखमिरी रोटी सात दिनसम्म खाने छौ। यस पवित्र चाड़़को पहिलो दिन तिमीहरूले आफ्नो-आफ्नो घरबाट समस्त खमीर बाहिर निकाल्ने छौ। यो पवित्र चाड़़मा सात दिनसम्म कसैले पनि खमीर खाने छैनौ। यदि कसैले खमीर त्यस समयमा खायो भने त्यसलाई अरू इस्राएलीबाट बहिष्कृत गरिनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 सात दिनसम्म तिमीहरूले अखमिरी रोटी खानू। पहिलो दिनमा नै तिमीहरूले आ-आफ्नो घरबाट खमिर निकाल्नू, किनभने जसले पहिलो दिनदेखि सातौँ दिनसम्म खमिर हालेको रोटी खाला त्यो मानिस इस्राएलबाट बहिष्कृत हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 परमप्रभुले भन्नुभयो, “सात दिनसम्म तिमीहरूले बिनाखमिरको रोटी खानू। पहिलो दिनै तिमीहरूले आफ्ना घरमा भएका सबै खमिर हटाउनू किनभने कसैले ती सात दिनभित्रमा खमिर लाएको रोटी खायो भने त्यो मेरो प्रजा मानिनेछैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 सात दिनसम्म तिमीहरूले खमिर नमिसाइएको रोटी खानू। पहिलो दिन आफ्ना घरहरूबाट खमिर निकाल्नू; किनकि जसले पहिलो दिनदेखि लिएर सातौँ दिनसम्म खमिर हालेको केही खान्छ, त्यो इस्राएलदेखि बहिष्कृत होस्। Viz kapitola |