प्रस्थान 12:13 - पवित्र बाइबल13 तर तिमीहरूका घरमा लगाएका रगत चाँहि एउटा विशेष चिन्ह हुनेछ र म जुन घरमा रगत लगाएको देख्छु त्यसलाई छोडेर जान्छु। म मिश्र देशका मानिसहरूको निम्ति हानिकारक रोग उत्पन्न गर्छु। तर त्यो खराब बिमारले तिमीहरू कसैलाई पनि असर गर्दैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तिमीहरू बसेका घरहरूमा त्यो रगत तिमीहरूका निम्ति चिन्ह हुनेछ। जब म त्यो रगत देख्नेछु तब तिमीहरूलाई चाहिँ छोड़िदिनेछु, र मैले मिश्रलाई प्रहार गर्दा नाश गर्ने कुनै विपत्तिले तिमीहरूलाई छुनेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 ढोकाका खम्बाहरूमा पोतिएका रगत तिमीहरू बसेका घरमा चिन्ह हुनेछ। त्यो रगत देखेर म तिमीहरूलाई बचाउनेछु र मैले मिश्रीहरूलाई दण्ड दिएको बेलामा तिमीहरूमाथि केही विपत्ति पर्नेछैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 त्यो रगत तिमीहरू बसेका घरहरूमा चिन्ह हुनेछ; अनि जब म रगत देख्नेछु, तब म तिमीहरूलाई छोडेर जानेछु। मैले इजिप्टमाथि प्रहार गर्दा तिमीहरूलाई कुनै पनि नाश गर्ने विपत्तिले छुनेछैन। Viz kapitola |