प्रस्थान 10:9 - पवित्र बाइबल9 मोशाले उत्तर दिए, “हाम्रा केटा-केटी, बूढा-बूढी जति छन् सबै जानेछन्। हामी हाम्रा छोरा-छोरीहरू, हाम्रा भेंडा तथा गाई वस्तुहरू पनि लिएर जानेछौं। हामी सबै जानेछौं कारण परमेश्वरको भोज हामी सबैको निम्ति हो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 मोशाले भने, “हामी, हाम्रा केटाकेटी, बूढ़ाबूढ़ी, छोराछोरी, भेड़ाबाख्रा र गाईबस्तुहरू लिएर जानेछौं, किनकि हामीले परमप्रभुको निम्ति चाड़ मान्नुपर्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 मोशाले उत्तर दिए, “हामीहरू सबै, बालबच्चाहरू र बुढा-बुढीहरूसमेत सबै नै जानेछौं। हामीहरू आफ्ना छोरा-छोरी, भेडाबाख्रा सबै लैजानेछौं किनभने हामीले परमप्रभुलाई आदर गरेर एउटा चाड मनाउनुपर्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 मोशाले जवाफ दिए, “हामी आफ्ना साना-ठूलासित, आफ्ना छोराछोरीहरूसित, आफ्ना बगाल र बथान सहित जानेछौँ; किनकि हामीले याहवेहका निम्ति चाड मनाउनुपर्छ।” Viz kapitola |