Online Bible

- Reklamy -




प्रस्थान 10:6 - पवित्र बाइबल

6 मिश्रमा भएका सबै घरहरू, तपाईंका कर्मचारी र तपाईंका घर सलहहरूले छोप्नेछन्। त्यहाँ तपाईंका पिता-पुर्खाहरूले देखेको भन्दा अधिक सलहहरू हुनेछन। त्यहाँ यति धेरै सलहरू देखियो की मिश्रदेशमा मानिसहरू बसो-वास गर्न लागेयता त्यति कहिल्यै देखिएका थिएनन्।” त्यसपछि मोशाले फिरऊनबाट विदा लिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 तेरा घरमा र तेरा सबै अधिकारीहरूका घरमा र सारा मिश्रीहरूका घरमा ती भरिनेछन्‌। त्‍यति बिघ्न सलह त तेरा पिता-पुर्खाहरूले यस देशमा आएदेखि आजसम्‍म कहिल्‍यै देखेका थिएनन्‌’।” तब मोशा फर्केर फारोबाट निस्‍केर गए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 तेरा महलहरू र भारदारका र प्रजाका सबै घरहरू सलहहरूले भरिनेछन्। त्‍यति धेरै सलहहरू त तेरा पितापुर्खाहरूले कहिल्‍यै देखेका थिएनन्।” मोशा फनक्‍क फर्केर हिँडे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तिनीहरूले तेरा घरहरू, तेरा सबै अधिकारीहरू र सारा इजिप्टियनहरूका घरहरू भरिनेछन्; यस्ता सलहहरू न तेरा पिताले, न त तेरा पुर्खाहरूले नै यस देशमा बसोबास गरेको समयदेखि आजसम्म देखेका छन्।’ ” तब मोशा फर्के, र फारोलाई छोडेर गए।

Viz kapitola kopírovat




प्रस्थान 10:6

Následuj nás:

Reklamy


Reklamy