प्रस्थान 10:15 - पवित्र बाइबल15 ती सलहहरूले सबै भूमि ढाके अनि मैदान नै छोपे। असिनाले ध्वंश नपारेको जम्मै फलहरू र उद्भिदहरू सलहले खाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 तिनीहरूले सारा भूमिलाई ढाके, यहाँसम्म कि जमिनै कालो देखियो। अनि तिनीहरूले असिनाबाट बाँचेका, देशका सब सागपात र रूखका सबै फलहरू खाइहाले। मिश्रभरि हरियोपरियो केही रहेन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 तिनीहरूले ढाकिएर सारा जमिन कालै भयो। असिनाबाट बाँचेका सबै थोक, रूखको फलहरूसमेत तिनीहरूले खाए। मिश्रदेशमा भएका रूखको हरियो-परियो र सागपात केही रहेन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तिनीहरूले सम्पूर्ण जमिनलाई कालो हुने गरी ढाकिदिए। तिनीहरूले असिनाले बचेका हरेक वनस्पति र रूखका सबै फलहरू खाइदिए। इजिप्टभरिका रूखहरू अथवा बोटबिरुवाहरूमा हरियो पात केही बाँकी रहेन। Viz kapitola |