प्रस्थान 1:10 - पवित्र बाइबल10 यी इस्राएलीहरूको संख्या वृद्धिमा अंकुशे लगाउन हामीले केही योजनाहरू बनाउनु पर्छ। यदि हामीसित कसैले लडाइँ गरे यी इस्राएलीहरू शत्रु पक्षपट्टि लाग्न सक्छन्। अनि तिनीहरूले हामीलाई जितेर हामीबाट उम्कन सक्छन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 अब हामीले तिनीहरूसित बुद्धिले काम लिनुपर्छ, नत्रता तिनीहरू संख्यामा अझ बढ्दैजानेछन्, र यदि युद्ध भयो भने हाम्रा शत्रुहरूसँग मिलेर हाम्रै विरुद्धमा लड़ाइँ गर्नेछन् र देश छाड़ेर जानेछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 कतै लडाइँ भइगयो भने तिनीहरू हाम्रा शत्रुहरूपट्टि लागेर हाम्रा विरुद्धमा लड्लान् र यो देशबाट भागेर जालान्। केही उपाय गरेर हामीले तिनीहरूको सङ्ख्या अझ बढ्नबाट रोक्नुपर्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 अब हामीले तिनीहरूसित बुद्धि पुर्याएर व्यवहार गर्नुपर्छ; नत्रता तिनीहरू अझ धेरै हुनेछन्, र यदि युद्ध भइहाल्यो भने तिनीहरू हाम्रा शत्रुहरूसित लागेर हाम्रो विरुद्धमा लडाइँ गरी देशलाई छोडिदिनेछन्।” Viz kapitola |